आज दुईवटा संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दैछ । 

मंगलबार सिंहदरबारमा दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ  । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिउँसो सवा २ बजे समितिको सभाकक्ष सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूचि छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।