गृहमन्त्रीको ‘नक्कली पिए’ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने ‘नक्कली पिए’लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले ‘नक्कली पिए’ विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उनले  ‘पिए’ भन्दै ठगी गर्दै हिँडेका विष्टलाई धुम्बाराहीबाट पक्राउ गरेको जानकारी दिँदै प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको जानकारी दिए ।

त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि ‘नक्कली पिए’को विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।

‘नक्कली पिए’ले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पिए/सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिहरुबाट सर्तक रहन आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।