एसीसी यू–१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।  दुबईमा जारी प्रतियोगितामा नेपालले बंगलादेशसँग नेपाली समय अनुसार बिहान पौने ११ बजे खेल्ने तालिका छ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपाल आज जित्नै पर्ने दबाबसहित मैदान ओर्लिने छ। शुक्रबार भएको खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो।

साविक विजेता बंगलादेशसँग खेल्न लागेको नेपालका लागि आजको प्रतिष्पर्धा निकै कडा हुने अनुमान छ। अघिल्लो सिजनको फाइनलमा बंगलादेशले  यूएईलाई हराएर उपाधि आफ्नो पारेको थियो। नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।