नेपाल बैंकका कर्मचरी र ग्राहकले सिद्धि पोली प्याथमा छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकले काठमाडांैंको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रालिका शसेवामा विशेष छ्ट पाउने भएका छन् ।

बैंक र प्याथ ल्याब बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली ल्याबका तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई सिद्धि पोली प्याथ ल्याबद्धारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।