रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी ठगी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

उनलाई बिहीबार साँझ ५ बजेपछि हवाई मार्गमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको कास्की प्रहरीका एक अधिकारीले जानकारी दिए।

‘तयारी हुँदैछ । पक्कापक्कीचाहिँ भएको छैन,’ ती अधिकारीले भने ।

लामिछानेलाई मङ्गलबार नै काठमाडौं ल्याउने तयारी गरिएको थियो तर, मौसम प्रतिकूल हुँदा सम्भव भएन । यसपछि उनलाई आज ल्याउन लागिएको हो ।

काठमाडौंमा उनीमाथि स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना सम्बन्धमा सोधपुछ हुनेछ । यसअघि उनलाई बुटवल पुर्‍याएर फर्काइएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।