सभामुख घिमिरे स्वदेश फिर्ता, कम्बोडिया भ्रमण फलदायी रहेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडियाबाट स्वदेश फर्किएका छन्। पाँचदिन लामो कम्बोडिया भ्रमण सकेर घिमिरे मंगलबार राति स्वदेश फर्किएका हुन्।

अन्तर्राष्ट्रिय संसद (आइपीटीपी) को ११ औँ पूर्णसत्रमा सहभागी हुन उनी गत शुक्रबार कम्बोडिया प्रस्थान गरेका थिए।  त्यहाँ रहदा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी) को ११ औँ सत्रलाई सम्बोधन गरेका थिए।

स्वदेश फर्कने क्रममा सभामुख घिमिरेले कम्बोडिया भ्रमण सफल रहेको दाबी गरे। उनले नेपालको शान्ति प्रक्रियाको उपलब्धि विश्वभर प्रवर्धन गर्न सफल भएको बताए।

कम्बोडियामा रहँदा सभामुख घिमिरेले प्रधानमन्त्री सम्देच हुन मानेट, माथिल्लो सदन सिनेटका अध्यक्ष हुन सेन, कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष खुऔन सुदारीसँग भेटवार्ता गरेका थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।