आज काठमाडौँका यी स्थानमा बिजुली काटिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको लाजिम्पाट, पानीपोखरी, बालुवाटार लगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली काटिने जनाएको छ । 

प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।

प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।