कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, करोबार गर्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएको छ । बैंकको पूँजी कोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्दै समस्याग्रस्त घोषणा गरेको हो ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकले तोके बमोजिमको न्यूनतम पूँजीकोष अनुपात कायम नगरेको र खराब कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेकाले कारबाही गरिएको हो ।

शीघ्र सुधारात्मक कारबाहीमा परेसँगै कर्णालीलाई आजैदेखि थप निक्षेप संकलन र कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।