कन्ट्री रेटिङमा ‘बीबी माइनस’को ग्रेड प्राप्ति नेपालका लागि सञ्जिवनी बुटी बन्ने : सीबीफिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सीबीफिन)ले नेपालको पहिलो सार्वभौम साख मूल्याङ्कनमा प्राप्त बीबी माइनसको ग्रेड नेपालका लागि सञ्जिवनी बुटी बन्ने बताएको छ ।
रेटिङप्रति आफ्नो धारण राख्दै सिबिफिनले अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच रेटिङ’ ले गरेको सोभरेन क्रेडिट रेटिङमा सन्तोषजनक नतिजा प्राप्त गरेकोमा आफू उत्साहित भएको बताएको छ ।
‘दक्षिण एशियाका अन्य मुलुकहरूमध्ये छिमेकी मित्रराष्ट्र भारतभन्दा पछिको दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको मात्र छैन यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो स्थान भएको प्रमाणित समेत गरेको छ,’ परिसंघले भनेको छ ।
मुलुकको अर्थतन्त्रका बाह्य सूचकहरू निकै बलियो स्थितिमा रहेको, पर्याप्त तरलतासहित न्यून ब्याजदर कायम हुँदाहुँदै पनि अपेक्षितरुपमा लगानी÷कर्जा विस्तार हुन नसकि आर्थिक गतिविधिहरूले तीव्रता लिन नसकिरहेको वर्तमान सन्दर्भमा भएको यस मूल्याङ्कनले समग्र निजी क्षेत्रमा समेत विश्वासको वातावरण सिर्जना गरेको र लगानी विस्तार, कर्जा प्रवाह तथा पूँजी परिचालनको लागि ठूलो अवसर पनि बनाएको सिबिफिनको बुझाइ छ ।
त्यसैगरी यस मूल्याङ्कनले बैंकरवित्तीय संस्थाहरूलाई बाह्य जगतबाट सहुलियत दरमा ऋण ल्याउन, पुनर्बिमा कम्पनीले अन्य देशमा व्यवसाय विस्तार गर्न, धितोपत्र बजारलाई अन्तर्राष्ट्रियकरण गर्न, विदेशी बजारमा ऋण लिनरऋणपत्र बिक्री गरी वित्तीय साधन जुटाउनका लागि सञ्जिवनी बुटीको कार्य गर्ने सिबिफिनले विश्वास लिएको छ ।
नेपाल सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भई विकासशील राष्ट्रमा दर्ज हुँदै गरेको सन्दर्भमा साख मूल्याङ्कनको क्रममा देखिएका कमीकमजोरीहरूलाई तत्काल सुधार तथा स्तरोन्नतिसहित मौजुदा नीति तथा वातावरणलाई अझ सहज एवं अनुकूल बनाउन, समग्र निजी क्षेत्रलाई साथमा लिएर मुलुकलाई लगानी केन्द्रको रुपमा स्थापित गर्न र दिगो एवं फराकिलो आर्थिक एवं बैंकिङ विकाससहित आर्थिक समृद्धिको नवीन यात्रा प्रारम्भ हुने अपेक्षा सिबिफिनको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।