काठमाडौं । सरकारले ग्रेनाइट र कच्चा मार्बलको पनि करका दर घटाएको छ । भन्सार विभागका अनुसार ढुंगाकै स्वरूपमा आउने मार्बल, एलवास्टर र ग्रेनाइटको भन्सार र अन्तःशुल्क दुवै घटाइएको हो ।
मार्बल तथा एलवास्टरमा यसअघि ३० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो । अहिले सरकारले भन्सार दरलाई १० प्रतिशत र अन्तःशुल्क शून्य प्रतिशतमा झरेको छ ।
त्यसैगरी, ढिक्का वा पाताका रूपमा आयताकार काटिएका ग्रेनाइटमा भन्सार २० प्रतिशत र अन्तःशुल्क २५ प्रतिशत लगाइएकोमा त्यसलाई घटाएर भन्सार १० प्रतिशतमा झारिएको छ भने अन्तःशुल्क शून्य पारिएको छ ।
सरकारले सुन र चाँदीको पनि भन्सारदर घटाएको थियो ।
Comment