कम्बोडियामा रहेका सभामुख घिमिरे औपचारिक भेटघाटमा व्यस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्रीसँग औपचारिक भेट गरेका छन्। कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन मानेटसँग घिमिरेर शिष्टाचार भेट गरेका हुन्। 

दुई नेता बीचको छलफल नेपाल र कम्बोडियाको सम्बन्धलाई थप मजबुद र नयाँ उचाइमा  पुर्‍याउने विषयमा केन्द्रित भएको सभामुखको सचिवालयले जनाएको छ। 

सभामुख घिमिरेले दुई देशबीचको धार्मिक पर्यटन प्रवद्र्धनका लागि प्रत्यक्ष हवाई सेवा शुरु गर्न प्रधानमन्त्री मानेसँग आग्रह गरेका छन्। भेटका क्रममा सभामुख घिमिरेले प्रधानमन्त्री मानेटलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणासमेत दिए। जवाफमा प्रधानमन्त्री मानेटले समय मिलाएर नेपाल आउने बताएका थिए।

औपचारिक भेटघाटमा व्यस्त सभामुख घिमिरेले हिजो साँझ त्यहाँको माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग पनि भेट गरेका थिए। गत शुक्रबार कम्बोडिया गएको सभामुख नेतृत्वको टोली भोलि स्वदेश फर्किने छ। त्यहाँ रहदा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ औँ पूर्ण सत्रलाई सम्बोधन गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।