माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत्मा लगानी गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजना लगानी गर्ने भएको छ ।

कम्पनीको मंसिर ६ गते बसेको बैठकले सीता हाइड्रोपावर कम्पनी अन्तर्गत रहेको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो ।

माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालि बीच लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

माउण्टेन इनर्जीले हाल ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रोपावर परियोजना सञ्चालन गरिरहेकेा छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।