आजदेखि धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ ।

स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ। यसका साथै, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।

यसका अतिरिक्त, धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ। चार पाङ्ग्रेलाई प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ शुल्क तोकिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रति घण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै सामान्य फोटोग्राफीका लागि प्रति घण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सरकारले संविधान दिवसका अवसरमा गत ३ असोजदेखि परीक्षणका रूपमा धरहरालाई निःशुल्क गरेको थियो। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।