नेपाल वायुसेवा निगमद्वारा हवाई टिकटमा ५ हजारसम्म छुट,कुन गन्तव्यमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई टिकटमा ५ हजारसम्म छुटको घोषणा गरेको छ ।

कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण भएको उडान कटौती र त्यसपछि महँगिएको हवाई भाडालाई मध्येनजर गर्दै छुट घोषणा गरेको हो ।

निगमका अनुसार दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता उडानको बजार भाडादरमा ५ हजार रुपैयाँ छुट पाउने छन् ।

त्यस्तै, भारतको दिल्ली, मुम्बई र बैंगलोरको भाडामा २ हजार ५०० रुपैयाँ छुट दिइने निगमले जनाएको छ ।

निगमका अनुसार उक्त छुट जहाजको सिट अनुसार पहिले आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने छ । छुट पाउनको लागि यात्रु स्वयं परिचयपत्र सहित उपस्थित हुनुपर्ने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।