राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरिँदैछ। उनलाई आजराष्ट्रपति रामचन्द्र पौडेलले  महारथीको र्ज्यानी चिह्न प्रदान गर्ने छन्।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने  परम्परा अनुसार द्विवेदीलाई सम्मान गरिन लागेको हो। 

राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी हिजो मंगलबार काठमाडौं आइपुगेका हु्न्।  मानार्थ सम्मानको कार्यक्रम अघि द्विवेदीले प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक भेट गर्ने कार्यतालिका छ। 

गत १६ असारमा सेनाध्यक्ष बनेका द्विवेदीको यो पहिलो विदेश भ्रमण हो। नेपालमा रहदा द्विवेदीले धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने योजना बनाएका छन्। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।