दुई बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दुई वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर ७ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ५.५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर २७ गते १८ औं वार्षिक साधरण बोलाएको छ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ।

त्यसैगरी, प्राइम कमर्शियलले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले मंसिर १९ गते १७ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा बुधबार, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।