काठमाडौं । सानिमा बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा मंसिर ४ गते सम्पन्न भएको हो ।
बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले बैंकले गत आवको नाफाबाट घोषणा गरेको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा रु. २.४० अर्ब खुद मुनाफा कमाएको थियो । सानिमा बैंकको कुल सम्पत्ति रु. २३३.८६ अर्ब, कुल निक्षेप रु. १९९.३८ अर्ब तथा खुद कर्जा सापटी रु १६४.९४ अर्ब रहेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि गरेको छ ।
Comment