म्याद थपका लागि प्रसाईंलाई आज अदालत पेश गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज अदालत पेश गर्दैछ। मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि अदालत पेश गरिन लागेको हो। 

उनलाई हिजै अदालत पेश गर्नुपर्ने भएपनि मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउनु परेकाले आज मात्र पेश गर्न लागिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम क्षेत्रमा लगानी गरेको झुटो विवरण समाजिक सञ्जाल मार्फत फैलाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर छानविन गर्न लागेको हो।  

साइबर अपराध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार थप अनुसन्धान गर्न सिआइबीले प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोमा राखेको छ।

उनी माथि पहिलो चरणमा साइबर अपराधमा अनुसन्धान गर्ने तयारी छ। त्यस्तै प्रसाईं विरुद्ध किर्तेमा पनि अनुसन्धान आकर्षित हुन सक्ने बताइएको छ। सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि छानविन हुन सक्ने बताए। फर्जी समाग्री तयार पार्न अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।