दोस्रो चरणको आन्दोलन तयारीबारे रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बुधबार (आज) पनि बोलाएको छ। 

रास्वपाले पार्टी सभापति रावि लामिछानेको सहकारी बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि विरोध गर्दै आएको छ। सोही विरोधको दोस्रो चरणको स्वरुप र कार्यक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो। 

मंगलबार (हिजो) बसेको बैठकमा ठोस निर्णय नआएपछि आज फेरि बैठक बस्न लागेको हो। सहप्रवक्ता प्रतिभा रावलका अनुसार बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय, चमती वनस्थलीमा बस्नेछ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।