प्रधानमन्त्रीविरुद्ध भ्रम प्रसारण गर्ने ८ युट्युब च्यानल र एक फेसबुक पेजमाथि कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी अराजकता फैलाएको भन्दै ८ युट्युब च्यानल र एक फेसबुक पेजमाथि कारबाही गरेको छ।

दर्ता र सूचीकरण विना चलेका तीन च्यानलबारे थप अनुसन्धानका लागि साइबर ब्यूरोलाई पत्राचार गरिएको छ। सूचीकरण भएका च्यानलहरूलाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन निर्देशन दिइएको छ।

काउन्सिलले सामाजिक सञ्जालमा प्रसारित सामग्रीको विशेष अनुगमन गरिरहेको जनाउँदै पत्रकारितामा आधिकारिकता र जिम्मेवारीको आवश्यकता औंल्याएको छ।

यसै क्रममा काउन्सिलले केही युट्युब च्यानल र फेसबुक पेजहरूको नामसमेत सार्वजनिक गर्दै यस्ता सामग्रीहरू नहेरिदिन, शेयर नगर्न, र त्यसको प्रचारप्रसार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यसबाहेक, यस्ता सामग्री बनाउने र अपलोड गर्ने पक्षलाई कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

सूचीमा उल्लेख गरिएका मिडियाहरूले प्रसारित सामग्रीको सत्यता पुष्टि नगरी भ्रामक सामग्री प्रसारण गरेको पाइएकाले यिनीहरूलाई तत्काल सचेत गराइएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।