पक्राउ परेका प्रसाईंविरुद्ध साइबर क्राइममा मुद्दा चलाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। 

भक्तपुरस्थित उनको घरबाट पक्राउ परेको प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ।

उनीविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले मुद्दा चलाउने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।

प्रवक्ता बोगटीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पठाउने र  उनलाई सिआईबीकै हिरासतमा राखेर उनलाई कारबाही अगाडि बढाईने बताए।

प्रसाईंले प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छरेका कारण त्यस कसुरमा आकर्षित हुने दफा बमोजिम मुद्दा अगाडि बढ्ने प्रवक्ता बोगटीको भनार्ईं छ।

दुर्गा प्रसाई पक्राउ

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।