लाभांश प्रयोजनका लागि स्ट्याण्डर्ड चार्टर्डले तोक्यो बुकक्लोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ । बैंकले मंसिर २५ गते ३८औं वार्षिक साधरण सभा बोलाएको हो ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यस्तै, बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गर्ने प्रस्ताव लैजाने भएको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर ६ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार मंसिर ५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।