एकैपटक ४ कम्पनीको सेयर बेच्दै एनआइसी एशिया, कुनको मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआइसी एसिया बैंकले एकैपटक ४ कम्पनीको सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको कुल १९ लाख ६० हजार ६३० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा ल्याएको हो ।

बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता, निफ्राको ९ लाख ६५ हजार कित्ता, नागरिक लगानी कोषको ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम प्रतिकित्ता मूल्य सूर्यज्योति लाइफको १७८ रुपैयाँ, निफ्राको १०१ लगानी कोषको ७७९ रुपैयाँ र सूर्योदय वोमी लघुवित्तको २९७ रुपैयाँ नघटाई आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले सबै कम्पनीको सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय, ट्रेडटावर, बैंकको कर्पोरेट कार्यालय थापाथली, शाखा कार्यालयहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा बोलपत्र पेश गर्न सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।