पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ । उपचारको क्रममा आइतबार दिउँसो उनको काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।

ढुंगाना एक महिनादेखि कलेजो सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

उनी २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । त्यसपछि २०५१ सम्म सभामुख बनेका थिए ।

उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।