नेपाल बैंकको ८८ औं वार्षिकोत्सव सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८८औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकले कात्ति ३० गते ८८ औं वार्षिकोत्सव मनाएको हो ।

८७ वर्ष पूरा गरी ८८ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंक लिमिटेडले देशको वित्तीय विकासमा खेलेको ऐतिहासिक भूमिका प्रशंसा गरे ।

नेपालभर २२९ शाखा, २०५ एटीएम मेसिन, र ६० एक्टेन्सन काउन्टरमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको नेपाल बैंकले पछिल्ला वर्षहरूमा ग्राहक सेवामा व्यापक सुधार गर्दै आएको छ।

बैंकले आधुनिक बैंकिङ प्रविधि अवलम्बन गरी प्रतिस्पर्धात्मक रूपमा सेवा प्रदान गर्दै आएको छ। डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै, करिब ९ लाखभन्दा बढी ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिई लाभान्वित भएका छन्।

नेपाल बैंकले छिटोछरितो र गुणस्तरीय सेवा प्रदान गर्न युवा जनशक्तिको उपयोग गर्दै आएको छ। देशका दुर्गम स्थानसम्म वित्तीय सेवा पुर्याउँदै, बैंकले राष्ट्रको समग्र आर्थिक गतिविधिलाई सशक्त बनाउँदै आएको छ।

८८औं वर्षमा प्रवेश गरेको अवसरमा, बैंकले आगामी दिनमा पनि सेवा विस्तार, डिजिटलाइजेशन, र ग्राहक सन्तुष्टिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ। बैंकले नेपालका ग्राहकहरूको विश्वासलाई मजबुत बनाउन र देशको आर्थिक प्रगतिमा निरन्तर योगदान पुर्याउन अग्रसर रहने बताएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।