पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  दोस्रो टी–२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित भएको छ। यो जितसँगै अष्ट्रेलियाले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ।  

शनिबार सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। कङ्गारु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो। 

अष्ट्रेलियाका लागि म्याथ्यु शर्टले सर्वाधिक ३२ रन बनाए। जवाफमा पाकिस्तानी टोली १९.४ ओभरमा १३४ रनमा अलआउट भयो। पहिलो खेलमा पाकिस्तान २९ रनले पराजित भएको थियो। दुईबीचको अन्तिम खेल नेपाली समयानुसार सोमबार (भोलि) दिउँसो १:४५ देखि हुनेछ। पाकिस्तानी टोलीमा विकेटकिपर समेत रहेका कप्तान मोहम्मद रिजवानसहित साहिबजादा फरहान, बाबर आजम, उस्मान खान, आगा सलमान, इरफान खान, अब्बास अफ्रिदी, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ र सुफियान मुकिम छन्। 

कङ्गारु टोलीमा पनि विकेटकिपर तथा कप्तान जोस इङ्लिशसहित म्याथ्यू शर्ट, जेक फ्रेजर–म्याकगर्क, ग्लेन म्याक्सवेल, टिम डेभिड, मार्कस स्टोइनिस, आरोन हार्डी, जेभियर बार्टलेट, नाथन एलिस, एडम जाम्पा र स्पेन्सर जोनसन छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।