दाहाल भन्छन् : फेरी एक पटक आन्दोलन आवश्यक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एक पटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए।

उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्न आवश्यक रहेको ‍औंल्याए। उनले संविधान सभाबाट संविधान बनाउँदा आफूहरूले भनेको जस्तो संविधान नबनेको पनि जिकिर गरे।

अध्यक्ष दाहालले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए। अध्यक्ष दाहालले भ्रष्टाचारीहरूलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको दोहोर्‍याए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।