कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा लागुऔषध खैरो हेराइनसहित एक युवक पक्राउ परेका छन्। 

चाँदनी नगरपालिका–७ कञ्चभोज पक्कीपुलबाट शनिबार दिउँसो भीमदत्त नगरपालिका–१८ भगतपुरका २५ वर्षीय प्रतिक कुँवरलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। 

उनको साथमा ५ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको संयुक्त टोलीले सु.प.प्र.०२–००३ प ४६६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँद गर्दा लागुऔषध भेटिएको प्रहरीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।