पहिलो त्रैमासिकमा नेपाल टेलिकमको कुल आय झन्डै ६ प्रतिशतले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल आयमा झन्डै ६ प्रतिशतले कमी आएको छ।

टेलिकमले आ.व.२०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै कुल आय १० अर्व ६ करोड ३७ लाख ३५ हजार रहेकोमा उक्त रकम गत आ.व.को सोहि त्रैमासिकको कूल आय १० अर्व ६४ करोड ८७ लाख ९२ हजारको तुलनामा ५८ करोड ५० लाख ५७ हजार अर्थात् ५.४९ प्रतिशतले कमी भएको बताएको हो।

यस्तै टेलिकमले आ.व.को कुल सञ्चालन आय रु.८ अर्ब ६८ करोड १ लाख ८५ हजार रहेको छ। उक्त रकम गत आ.व.को सोही अवधिको कुल सञ्चालन आय रु ८ अर्ब ५८ करोड ५० लाख ६३ हजारको तुलनामा रु.९ करोड ५१ लाख २२ हजार अर्थात् १.११ प्रतिशतले बढेको पनि जनाएको छ।

टेलिकमले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको खुद मुनाफा रु. १ अर्व ७३ करोड ९५ लाख ८९ हजार रहेको छ। उक्त रकम गत आ.व.को सोहि अवधिको खुद मुनाफा रु.२ अर्व २ करोड ७४ लाख ३१ हजारको तुलनामा रु.२८ करोड ७८ लाख ४१ हजार अर्थात् १४.२० प्रतिशतले कमी भएको छ।

यस आ.व.को कर अघिको मुनाफा रु.३ अर्ब ५५ करोड ३६ लाख ९३ हजार रहेको छ। उक्त रकम गत आ.व.को सोहि अवधिको कर अघिको मुनाफा रु.३ अर्ब ३३ करोड ९३ लाख ४३ हजारको तुलनामा रु.२१ करोड ४३ लाख ५० हजार अर्थात् ६.४२ प्रतिशतले बढी भएको पनि विवरणमा उल्लेख गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।