विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? [हेर्नुहोस् सूची]

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थप घटेको छ। यी मुद्राको मूल्य हिजो पनि घटेको थियो। तर, आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य भने बढेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा छ। 

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा थियो। 

त्यसैगरी आजको युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २४ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा थियो। 

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ०६ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८६ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९० पैसा थियो। 

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ १२ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।