अपर अरुण जलविद्युत्मा लगानी गर्न विश्व बैंकका प्रतिनिधिलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधि बीच भेटवार्ता भएको छ ।

ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग आग्रह गरेका छन् ।

मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको भन्दै थप लगानी जुटाई त्यसलाई टुङ्गोमा पुर्याउनुपर्ने बताएका थिए ।

उक्त आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युतमन्त्रीसँग समेत छलफल गरेका थिए ।

विश्व बैंकका प्रतिनिधिले अपर अरुण आयोजनामा आउने समस्यालाई समाधान गर्न मन्त्रीसमक्ष आग्रह गरेका ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले बताए ।

भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारी, मन्त्रालयका सहसचिव जीवछ मण्डल, अर्थविज्ञ अमित श्रेष्ठलगायतको उपस्थित थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।