काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक २६ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले मंसिर १४ गते चौथो वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा बिहान ९ बजे सुरु हुनेछ।
Comment