दुई हाइड्रोपावरको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बलेफी हाइड्रोपावर र लिबर्टी इनर्जीको सेयर मूल्य समायोजन गरेको छ ।

दुवै कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बलेफी हाइड्रोपावरले जारी गर्ने १०० प्रतिशत हकप्रदका आधारमा सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि बलेफीको नयाँ सेयर मूल्य ३०६.६० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, लिबर्टी इनर्जीले जारी गर्ने ५० प्रतिशत हकप्रद सेयरका आधारमा मूल्य समायोजन भएको हो । लिबर्टीको नयाँ सेयर मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बुधबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।