कर्मचारी अभावले राजविराज भन्सारमा काम गर्न समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालयमा दरबन्दी अनुसारका कार्मचारी नहुँदा कार्य सम्पादन गर्न समस्या भएको छ ।

उक्त कार्यालयमा नायव सुब्बा आठ तथा कार्यालय सहयोगी १० जनाको दरबन्दी भए पनि हाल पाँचजना मात्र कार्यरत छन् ।

कार्यालय प्रमुख सत्यनारायण सिंहका अनुसार हाल कार्यालयमा अहिले एक भन्सार अधिकृत, एक लेखापाल र एक कम्प्युटर अपरेटर तथा तीन कार्यालय सहायक कार्यरत छन् । थोरै जनशक्ति हुँदा कार्य सम्पादन र राजश्व सङ्कलनमा कठिनाइ भएको उनले बताए ।

राजविराज भन्सार मातहत सप्तरीकै बलानबिहुल गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा रहेका दुई छोटी भन्सार कार्यालय पनि कार्यालय सहयोगीको भरमा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको कार्यालय प्रमुख सिंहले बताए ।

‘मुख्य भन्सार कार्यालयमै कर्मचारी अभाव रहेकाले छोटी भन्सार कार्यालयमा कर्मचारी पठाउन समस्या भएको छ,’ उनले भने, ‘यसबारे माथिल्लो निकायमा पाँच पटक पत्राचार गरे पनि सुनवाइ भएको छैन ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।