सुनको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुनचाँदीकै मूल्यमा आज गिरावट आएको छ। हिजो तोलामा १ हजार ४ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य आज तोलामा चारसय रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य एक लाख ६७ हजार रुपैयाँ कायम छ। हिजो सुनको मूल्य १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो।

शुक्रबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको सुन हिजो एकैदिन चौधसय रुपैयाँ बढेको थियो। 

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो तोलमा १५ रुपैयाँ बढेर २ हजार ८५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज तोलामा २० रुपैयाँ घटेर २ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।