एनएलजी इन्स्योरेन्सले हकप्रदका लागि तोक्यो बुकक्लोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनएलजी इन्स्योरेन्सले हकप्रद सेयर प्रयोजनका लागि बुकक्लोज तोकेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रदका लागि कात्तिक २७ गते बुकक्लोज तोकेको हो । सो अनुसार कात्तिक २६ गतेसम्म कायम रहने सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउने छ ।

हाल १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद जारीपछि २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।