रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परी बयान चलिरहेको अवस्थामा उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको हो ।  

बिहीबार संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप सात दिनको म्याद लिइएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ । 

कास्की प्रहरीले लामिछानेसहित पूर्वडिआइजी छविलाल बन्जाडे (जोशी) र लीला पछाईलाई पनि अनुसन्धान लागि थप सात दिन समय लिएको छ। विभागले उनीहरूविरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने भएको छ ।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।