महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको चाल्नाखेलमा एक महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–४ बस्ने ३७ वर्षीय अमृत लामा तथा सोही नगरपालिका–२ बस्ने २७ वर्षीया कविता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए।

बन्धक बनाइएकी महिलाले विदेश जाने सिलसिलामा एजेन्टलाई चिनाएको र उक्त एजेन्टले आफ्नो रकम लिई काम नगरेको आरोप रहेको प्रहरी उपरीक्षक जिसीले बताए।

उनीहरुलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।