सहकारी ठगी प्रकरण : रवि र छविविरुद्ध रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई सङ्गठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

यसअघि सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो। त्यसपछि उनलाई पोखरा लगिएको थियो।

अहिले उनीहरु दुवैलाई पोखरामा एक साताको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।