काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक ९ गते बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
लघुवित्तले गत वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
उक्त लाभांश पारित गर्न लघुवित्तले कात्तिक ३० गते २३ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा लिसरा रिसेप्सन्स्, भगवतीबहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।
Comment