नयाँ रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनको मूल्य घटेको छ। लगातार रेकर्ड बनाएको सुनको मूल्य बिहीबार घटेको हो । एक सातामा दिनहुँ उकालो लागेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ। महासंघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले घटेको छ। 

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। 

सुनको भाउ घटेसँगै बिहीबार चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ४० रुपैयाँले घटेर २ हजार ९५ रुपैयाँमा किनबेच भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।