फिल्म ‘देववाणी’ को टिजर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ। निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्मको टिजर मंगलबार ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

टिजरमा फिल्मका नायक कुन्दन भारद्वाजले आफ्नो गाउँका हरेक नागरिकको रक्षा गर्न गरेको संघर्षलाई देखाइएको छ। टिजरमा एक्सन, रोमान्स र थ्रिलर समेटिएको छ।

टिजरमा फिल्मका कुन्दनसँगै नायिका अनुजा लेप्चा, कलाकार सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला र भारतीय कलाकार ह्यारीलाई देखाइएको छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको अभिनय छ।

फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन्। फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन्। फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा छायांकन गरिएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, टिजर र ट्रेलर प्रविण ढकालको कलर, सत्यम रानाको भीएफएक्स, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।