अब फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बेच्न नपाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा बेच्न नपाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने जानकारी गराएको हो ।

यदि एमआरपीभन्दा बढी मूल्यमा बेचेको पाइएमा कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।