प्रभू बैंकको नाफा एक अर्ब बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभू बैंकले १ अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ८६ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकको संचालन नाफा ९.९२ प्रतिशत घटेर १ अर्ब ४० करोड ३९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १४ अर्ब १० करोड ८३ लाख रुपैयाँ रहेको छ ।

बैंकले ३ खर्ब ४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २२ अर्ब ७० करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । असोज मसान्तसमम बैंकको खराब कर्जा ४.९४ प्रतिशत रहेको छ ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ करोड ४७ लाख १५ हजार रहेको छ । बैंकको प्रतिसेयर आम्दानीमा १७ रुपैयाँ ६८ पैसा रहेको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९३ पैसा रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।