समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरू, ४४ देशका सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ ।

नेपाल बीमा प्राधिकरण, नेपाल बीमक सङ्घ, जीवन बीमक सङ्घ र नेपाल माइक्रोइन्सुरेन्स एसोसिएसनद्वारा म्युनिख री फाउन्डेसन तथा माइक्रोइन्सुरेन्स नेटवर्कसँगको सहकार्यमा सम्मेलन आयोजना भएको हो ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालका अनुसार कात्तिक ९ गतेसम्म सञ्चालन हुने सम्मेलनमा न्यून आय भएका तथा जोखिममा रहेका परिवार तथा लघु, साना र मझौला उद्योगलाई केन्द्रित गरी समावेशी बीमालाई परिस्कृत गर्नेलगायत विषयमा छलफल हुनेछ ।

यसैगरी, जलवायु जोखिम बीमा, लघुबीमामा ‘डिजिटल’ प्रविधि अवलम्बन र समावेशी बीमा क्षेत्रका अवरोध हटाउनेसम्बन्धी रणनीति तयार गर्नेलगायत विषयमा पनि छलफल केन्द्रित हुने जानकारी उनले दिए ।

सम्मेलनमा नेपालसहित ४४ देशका बीमा क्षेत्रका नियामक निकाय, विकास साझेदार, गैरसरकारी संस्था र बीमा क्षेत्रका विज्ञहरु गरी चार सयभन्दा बढीको सहभागिता छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।