सुन र चाँदीको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । गत बुधबारदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आज लगातार पाँचौं दिन नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ६५ हजार ६०० रुपैयाँ पुगेको छ ।

यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि आइतबार सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । इजरायल र इरान बीच बढ्दो तनावका कारण विश्वभरका लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य लगातार बढिरहेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मकै उच्च हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।