कर्णालीका गाउँ डुल्दै दाहाल, आज जुम्लामा सम्वोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  जुम्ला पुगेका छन्।जुम्लामा हुने सभालाई सम्वोधन गर्न उनी हिजै कर्णाली पुगेको सो पार्टीले जनाएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जुम्लाको सिंजा कनकासुन्दरीको गोरुचौरमा हुने सभालाई सम्वोधन गर्नेछन्।

त्यहाँ रहदा प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र मानिने सिंजा कनकासुन्दरीको अवलोकन गर्ने कार्यतालिका बनाइएको छ। त्यसअघि उनले मुगुको रारा क्षेत्रको पनि अवलोकन गरेका थिए।

जुम्लाको सभालाई सम्वोधन गरे लगत्तै उनी आजै काठमाडौं फर्किनेछन् । सत्ताबाट बाहिरिएसँगै प्रचण्ड पछिल्लो समय मुलुकका विभिन्न जिल्लाको दौडाहामा छन्। सोही क्रममा उनी कर्णाली प्रदेश पुगेका हुन्।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।