विपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  विपक्षी दलहरू पछिल्लो समय एकै ठाँउमा उभिएका छन्।सरकारका कामकारबाहीका विषयमा समिक्षा बैठक गरेका उनीहरुले सरकारका उच्च अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्। 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको संयुक्त बैठकले सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।विपक्षीदलका प्रतिनिधिले अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेका हुन् ।  

उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्ने बताएका छन्।

माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा बनाएको छ।विज्ञले बेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठूलो क्षति भएको प्रतिपक्षीले निष्कर्ष निकालेको छ। ज्ञापनपत्रमा पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने रास्वपा नेता शिशिर खनालले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।