टी–२० आई सिरिजमाथि नेपालको क्लिन स्विप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।   नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्विप’ गरेको छ। 

आज भएको अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले सिरिजमाथि क्लिन स्विप गरेको हो।

१५७ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले निर्धारित ओभरको ८ बल बाँकी छदै जम्मा २ विकेटको क्षतिमा जित हासिल गर्यो।

नेपालको जितका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले ५० रन बनाए भने नट आउट रहँदै कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन जोडे। अनिल साह १३ रनमा आउट भए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अमेरिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १५६ रन बनाएको थियो।

अमेरिकाका साइतेजा मुक्कमल्लाले सर्वाधिक ६८ रनको पारी खेले भने मिलिन्द कुमारले नट आउट रहँदै ४३ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

अमेरिकालाई मध्यम स्कोरमा समेट्न नेपालका सोमपाल कामीले जम्मा २७ रन खर्चेर ३ विकेट लिए भने ललित राजवंशी र रिजन ढकालले समान १/१ विकेट हात पारे।

नेपालले पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको थियो।  

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।