पेन्सिल्भेनियाका मतदातालाई १० लाख अमेरिकी डलर दिने मस्कको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । टेस्ला र स्पेसएक्स कम्पनीका प्रमुख एलन मस्कले आगामी नोभेम्बरमा हुने निर्वाचनमा मतदातालाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका छन्।

बीबीसीका अनुसार उनले आगामी नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि पेन्सिल्भेनियाका रजिस्टर्ड मतदातालाई दस लाख अमेरिकी डलर दिने बताएका हुन्।

तर, त्यसका लागि मस्कको ग्रुप अमेरिकापीएसीको संविधान समर्थक निवेदनमाथि हस्ताक्षर गर्नेमध्येको एकजना विजेता हुने पनि उनले प्रस्ट पारेका छन्।

उक्त निवेदनमा अभिव्यक्ति स्वतन्त्रता र बन्दुक अधिकारको समर्थनको विषयलाई समावेश गरिएको छ।

अमेरिकामा आगामी ५ नोभेम्बरमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ।

मस्कको उक्त योजनाले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा मतदातालाई लोभ्याउनका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।